☰ open Loading... 7 May 2025|  

भाइको हत्या अभियोगमा दाइ पक्राउ
पश्चिम नेपाल   | २८ भाद्र २०८१, शुक्रबार १५:५७

भाइको हत्या गरेको अभियोगमा प्रहरीले झापाको शिवसताक्षीबाट दाइलाई पक्राउ गरेको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का ४१ वर्षीय रामप्रसाद सिटौलाको हत्या अभियोगमा प्रहरीले उनका दाइ ४५ वर्षीय नारायण सिटौलालाई नियन्त्रणमा लिएको हो।

बिहीबार राति घरको बलेसीमा रामप्रसादलाई मृत देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेका थिए।

प्रहरी निरीक्षक सुशील थापा मगरको कामण्डमा गएको प्रहरी टोलीले रामप्रसादको टाउको र अनुहारमा चोट देखेपछि हत्या भएको भन्दै अनुसन्धानका लागि दाइ नारायणलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।