☰ open Loading... 22 October 2024|  

कमर्सियल आर्टिष्ट संघको कर्णाली प्रदेश प्रमुखमा शाक्य
पश्चिम नेपाल   | २८ भाद्र २०८१, शुक्रबार १६:१६

नेपाल कमर्सियल आर्टिष्ट संघले शाक्य आर्ट सुर्खेतका कमर्शियल आर्टिष्ट सुभासकुमार शाक्यलाई संघको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएको छ । संघको हालै कास्कीको पोखरामा सम्पन्न दोश्रो केन्द्रीय बैठकले शाक्यलाई कर्णाली प्रदेशको प्रमुखको जिम्मेवारी दिएको हो ।

शाक्य संघको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् । त्यस्तै बैठकले सुर्खेतमा अनुभव एडभरटाईजिङ्गका प्रोप्राइटर सन्तोषकुमार गुप्तालाई सूदुरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ कालीकोटका प्रेम विश्वकर्मा र सल्यानका टोपबहादुर डाँगीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । संघका केन्द्रीय अध्यक्ष यामचन्द्र सुव्वाको अध्यक्षतामा भएको बैठकले कमर्शियल आर्टिष्टहरुको व्यवसायिक हकहितमा पक्षमा काम गर्ने योजना बनाएको छ ।

देशभर कमर्शियल आर्टिष्टहरुको संख्या ५० हजार पुर्याउने, काठमाडौंमा मात्रै रहेको ललित कलालाई संघीय संरचना अनुसार प्रदेश स्तरमा स्थापना गर्न पहल गर्ने, प्रदेश तहमा आर्ट कक्षाहरु संचालन गर्नेलगायतका योजनाहरु बनाइएको बताइएको छ ।

स्मरण रहोस् व्यावसायिकरुपमा सुर्खेत जिल्लामा शाक्य आर्ट पूरानो संस्था हो । सुर्खेतमा शुरुवातताका भरत ढकालको भरत आर्ट र त्यसपछि जीवनकुमार शाक्यको शाक्य आर्ट सञ्चालनमा थियो । शाक्य आर्टले परिवर्तित समय सँगै केही बर्षदेखि फ्लेक्स प्रिन्ट, कप प्रिन्ट, टिसर्ट प्रिन्ट, शिलालेख लेखाई लगाएको आर्ट सम्वन्धी विभिन्न सेवा दिँदै आएको स्व‍। जीवनकुमार शाक्यका छोरा कमर्सियल आर्टिष्ट सुभाषकुमार शाक्यले जानकारी दिए ।