☰ open Loading... 22 October 2024|  

आज पनि भारी वर्षा सम्भावना
पश्चिम नेपाल   | २९ भाद्र २०८१, शनिबार ०६:२९

आज शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।