☰ open Loading... 6 May 2025|  

सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित
पश्चिम नेपाल   | ३० भाद्र २०८१, आईतवार ०९:१३

सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को अध्यक्षमा पुनः अर्जुन गिरी निर्विरोध निर्वाचित भएका छन्।

ललितपुरमा जारी सङ्घको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि गिरी निर्विरोध निर्वाचित भएका हुन्।

त्यसैगरी अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, दलित उपाध्यक्षमा गोपाल बराइली, मधेसी उपाध्यक्षमा नवीन नरसिंह नेपाली, महासचिवमा बन्दना दनुवार, सचिवमा भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजङ्ग थापा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अुनसार निर्विरोध हुन नसकेका केही पदमा आज मतदान हुने तयारी छ। जसमा महिला उपाध्यक्ष पदका लागि मिना गुरुङ र खेमकुमारी पोखरेल, आदिवासी उपाध्यक्ष पदमा मिलन गाहा र पुष्पा चौधरी अनि कोषाध्यक्षमा तुला अधिकारी र रामनारायण सुवेदीबीच प्रतिस्पर्धा हुनेछ।