☰ open Loading... 23 October 2024|  

अरिंगालले चिलेर जाजरकोटमा एकजनाको मृत्यु
पश्चिम नेपाल   | ३० भाद्र २०८१, आईतवार ०९:२७

जाजरकोटमा अरिंगालले चिलेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट-५ पाखागाउँ बस्ने ४२ वर्षीय पृथ्वीबिक्रम शाही रहेका छन् ।
शुक्रबार राति घर नजिकैको रुखमा अरिंगाल पोल्ने क्रममा चिल्दा शाही घाइते भएका थिए । घाइते भएका शाहीलाई उपचारका लागि स्थानीय र प्रहरी टोलीले स्वास्थ्य चौकी लिम्सा ल्याएकोमा उपचार सम्भव नभएपछि नगर अस्पताल दल्लीमा पठाइएको थियो ।

दल्ली अस्पतालमा ल्याएर परीक्षण गर्दा डाक्टरले शनिबार साढे ६ बजेतिर शाहीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ ।