☰ open Loading... 22 October 2024|  

बेपत्ता बालकसहित २ जना मृत भेटिए
पश्चिम नेपाल   | ३० भाद्र २०८१, आईतवार १४:०६

कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा फेला परेका छन् । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहोराले टीकापुर नगरपालिका-६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार शनिबार साँझदेखि हराइरहेका चौधरी आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत भेटिएका हुन् । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यस्तै, भजनी नगरपालिका-८ को गुडचौरामा लडेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय जयराम डगौरा पनि मृत भेटिएका छन् ।