☰ open Loading... 22 October 2024|  

गाडी चढेर आएका यूवा लागूऔषधसहित समातिए
पश्चिम नेपाल   | ३१ भाद्र २०८१, सोमबार १४:१४

नेपालंगजबाट सुर्खेत आएको गाडीमा रहेका यूवालाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर नगरपालिका – ९ बस्ने पदम बहादुर शाहीलाई सुब्बाकुना प्रहरी पोष्टमा चेकजाँचका क्रममा ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

लागुपदार्थ ओसारपोसार गरेको सुचना आएपछि खटिएको प्रहरी खोजतलास गर्दा शाहीबाट ७.७१० ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो, नाईट्रोभ्याट १ पत्तामा ९ टयाब्लेट, ट्रामाडोल २ पत्तामा २० ट्याब्लेट बरामद गरेको सुर्खेत प्रहरीले जनाएको छ ।