☰ open Loading... 22 October 2024|  

दैलेखमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने
यामराज बिष्ट   | २ आश्विन २०८१, बुधबार १०:००

दैलेख– भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा दीपावलीको अवसरमा खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको आयोजनामा आगामी कात्तिक ७ देखि ११गतेसम्म अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
खुला भलिबल प्रतियोगिता हुने भएकाले देशका कुनै पनि पालिकाबाट सहभागिता जनाउन सक्नेगरी तयारी गरेको खेलकुद विकास समितिका अध्यक्ष शमशेर खड्काले बताए । प्रतियोगितामा सहभागि हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर १० हजार लाग्ने उनले जानकारी दिए ।
जिल्लामै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट भगवतीलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ’,उनले भने
देशको राष्ट्रिय खेल भलिबल भएकाले जिल्लाभित्र भलिबल खेलाडीहरु धेरै रहेकाले युवा खेलाडीहरुको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद तीन लाखसहित कप, पदक प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख ५० हजारसहित पदक प्राप्त गर्नेछन् ।त्यस्तै तेस्रो हुनेले नगद ५० हजार हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी उत्कृष्ट खेलाडीले नगद कदर पत्रसहित नगद २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक बिधाका उत्कृष्ट खेलाडीले१०हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।