☰ open Loading... 22 October 2024|  

बोरामा पोको पारेर फालेको अवस्थामा एक युवकको शव फेला
पश्चिम नेपाल   | ३१ भाद्र २०८१, सोमबार २१:२५

रुपन्देहीको तिलोत्तमामा बोरामा पोको पारेर फालेको अवस्थामा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका- १३ चिलीया स्थित खेतबारीमा उक्त शव फेला परेको हो।

सोमबार बिहान खेतमा काम गर्न गएकाहरुले बोरामा पोको पारेर फालेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार अन्दाजी २५/२६ वर्षको जस्तो देखिने युवकको शव हत्या गरी फालेको अवस्थामा भेटिएको हो। शवको पोष्टमार्टमकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ।

शवको पहिचान खुल्न सकेको छैन। थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।