☰ open Loading... 22 October 2024|  

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५३ शाखा अध्यक्षको आपत्ति
पश्चिम नेपाल   | ३१ भाद्र २०८१, सोमबार २१:३४

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५३ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

५३ वटा जिल्ला शाखाका अध्यक्षहरूको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ : ‘नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिले २०८१ भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावलीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनीहरुले केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई सदस्यताकै बहानामा राजीनामा दिन बाध्य पार्ने र तत्कालै राजीनामा स्वीकृत गरेर उनकै हस्ताक्षरसहितको नामावली प्रकाशित गरेर ठुलो प्रश्न चिन्ह खडा गरिएको बताएका छन् ।

शाखा अध्यक्षहरूले पछिल्लो सार्वजनिक सदस्यता नामावलीमा थप भएकाहरूको नाम हेर्दा महासङ्घ केन्द्र आफैँले जारी गरेको सदस्यता शुद्धीकरण मापदण्ड २०७९ को विपरीत रहेको आरोप समेत लगाएका छन् ।