☰ open Loading... 22 October 2024|  

कारागारमा बन्दीको मृत्यु
पश्चिम नेपाल   | १ आश्विन २०८१, मंगलवार ०७:११

कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ ।

हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।