☰ open Loading... 22 October 2024|  

राजेन्द्र महतोद्वारा पार्टी घोषणा
पश्चिम नेपाल   | १ आश्विन २०८१, मंगलवार १३:३६

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।

महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ ।

लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।