☰ open Loading... 22 October 2024|  

अखाद्यवस्तु बिक्री गर्ने पाँच उद्योगविरुद्ध मुद्दा
पश्चिम नेपाल   | २ आश्विन २०८१, बुधबार १३:४२

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले हालसम्म २० वटा खाद्य ऐनको बर्खिलाप मुद्दा उठान गरेको छ, जसमध्ये पाँचवटा खाद्य ऐन २०२३ बर्खिलाप मुद्दा तयार गरेको छ भने चारवटा मुद्दा प्रारम्भिक अनुसन्धान गरी सम्बन्धित कार्यक्षेत्र हेर्ने कार्यालयमा पठाएको छ । दायर गरेकामध्ये दुईवटा जिल्ला प्रशासन कार्यालय र तीनवटा जिल्ला अदालत सुर्खेतमा दायर भएका छन् ।

दायर भएका मुद्दामा दूषित मह उत्पादन तथा बिक्रीवितरण गर्ने डिभाइन हिमालयन प्रालि चन्द्रागिरी काठमाडौं, लेबल नलगाएको घिउ बिक्री गर्ने गौरी डेरी उद्योग सुर्खेत, टिके मार्ट तथा सुर्खेत डेरी प्रालिका सञ्चालकविरुद्ध लेबल नलगाएको घिउ उत्पादन तथा बिक्रीवितरण गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

यस्तै, अखाद्य रसायन मिसाई दूषित फ्लेबर ड्रिङ्क उत्पादन तथा बिक्रीवितरण गर्ने बुलबुले आइस प्याकिङ उद्योग, दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने मध्यपश्चिम वाटर एन्ड वेभरेज प्रालि सुर्खेतविरुद्ध कार्यालयले प्रशासन तथा अदालतमा मुद्दा दायर गरेको हो ।