☰ open Loading... 18 May 2025|  

यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
पश्चिम नेपाल   | ४ आश्विन २०८१, शुक्रबार ०७:२७

मौसम पूर्वानुमान महाशाखाले विस्तारै मनसुन कमजोर हुँदै गएको बताएको छ। महाशाखाका अनुसार सेप्टेम्बर सकिनै लाग्दा मनसुन पनि विस्तारै कमजोर हुँदै गएको हो। महाशाखाले आगामी तीन दिनसम्मै देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेपनि भारी वर्षाको सम्भावना भने नरहेको बताएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ।

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।