☰ open Loading... 22 October 2024|  

लागुऔषधसहित अटोबाट एकजना पक्राउ
पश्चिम नेपाल   | ५ आश्विन २०८१, शनिबार १७:३५

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –४ वडा कार्यालय रहेको स्थान नजिक अटो रोकेर राखेको अवस्थामा शंकाष्पद अवस्थामा प्रहरीले चेकजाँच गर्दा हाईट सुगरजस्तो देखिने सेता पदार्थ बरामद गरिएको छ ।

बरामद गरिएको यूवा वीरेन्द्रनगर नगरपालिका – ९ लाईटीकोईली बस्ने वर्ष २३ को रोहन सुनार रहेका छन् । उनको शरिर खानतलास गर्दा ८० मिलिग्राम लागूपदार्थ हाईट सुगरजस्तो देखिने पदार्थ फेला गरेको सुर्खेत प्रहरीले जनाएको छ । उनलाइ आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले बताए ।