☰ open Loading... 22 October 2024|  

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि
पश्चिम नेपाल   | ६ आश्विन २०८१, आईतवार ०५:०६

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गर्‍यो ।

यसअघि पुलिस अपराजित रहँदै फाइनलमा पुगेको थियो ।