☰ open Loading... 22 October 2024|  

नारायणमा हप्तापिच्छे नयाँ हाकिम !
पश्चिम नेपाल   | ६ आश्विन २०८१, आईतवार १४:५४

दैलेखको नारायण नगरपालिकामा हप्तापिच्छे नयाँ प्रमुख प्रशासकिय अधिकृत (हाकिम) को सरुवा भएको छ । मन्त्रालयले २७ गते पठाएको उपसचिवलाई रद्द गरेर फेरी शाखा अधिकृतलाई असोज ४ गते प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिईएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौं २७ गते उपसचिव भुपेन्द्र पाण्डेयलाई दैलेखको नारायण नगरपालिकामा सरुवा ग¥यो । फेरी मन्त्रालयले असोज ४ गते यो सरुवा बदर गर्दै असोज जिल्ला समन्वय समितिका दैलेखमा समन्वय अधिकारी शाखा अधिकृत रेशम बहादुर बुढालाई नारायण नगरपालिकाको जिम्मेवारी दिईएको हो ।

यसरी हप्तापिच्छे राजनितिक गन्ध आउने गरी नगरमा प्रमुख प्रशासकिय अधिकृत सरुवा हुँदा उपसचिव आउनै मान्दैनन् । नगरमा आउने ईच्छुक उपसचिवलाई नगरका प्रमुखले रोक्न थालेपछि यसअघि पनि रेशम बहादुर बुढा नै प्रमुख प्रशासकिय अधिकृतका रुपमा रहेका थिए ।

नारायण नगरपालिकामा आउने प्रमुख प्रशासकिय अधिकृतहरु राजनितिक दवावका कारण काम गर्न कठिन हुने बताउँछन् । यसअघिका प्रमुख प्रशासकिय अधिकृत दिपक आर्चायसंग नगरप्रमुखको आमनेसामने हुने गरी लफडा नै भएको थियो । ।