☰ open Loading... 22 October 2024|  

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प
पश्चिम नेपाल   | ६ आश्विन २०८१, आईतवार १५:५३

बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आइतबार दिउँसो २ बजेर ९ मिनेटको समयमा बैतडीको शिवलिंग क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिएको हो।