☰ open Loading... 22 October 2024|  

दैलेखका प्रमुख जिल्ला अधिकारी भुसाल सेवाग्राहीमाँझ लोकप्रिय भएर विदाई भए
पश्चिम नेपाल   | ७ आश्विन २०८१, सोमबार ११:३८

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल सेवाग्राही मैत्री विभिन्न कामहरु गरेर जिल्लाबाट विदाई भएका छन् । धन्नै १२ महिना दैलेखका प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरेका भुसालले सेवाग्राहीमाँझ थुप्रो कामहरु गरेका थिए । जसका कारण उनी सेवाग्राहीको नजरमा लोकप्रिय थिए ।

सेवाग्राहीको काम छिटो र सरल रुपमा गर्नका लागि उनी कार्यालय समयमा दैनिक १ बजे सेवाग्राही भएकै ठाउँमा आएर गुनासो सुन्र्थे । सिडिओ नै आफ्नो कार्यालयबाट हुने गरेको सेवासुविधाबारे सुझाव र गुनासा सुन्न सेवाग्राही भएकै ठाउँमा आउन थालेपछि सेवाग्राहीहरु पनि निर्धक आफ्ना कुरा राख्ने गरेका थिए ।

प्राय कार्यकक्षबाट बाहिर नआउने प्रमुख जिल्ला अधिकारी यसरी नागरिकहरुमाँझ आएर सेवाका बारेमा छलफल समेत गरेपछि जिल्लाभर चर्चा समेत भएको थियो । गृह मन्त्रालय सरुवा भएर विदाई हुँदा समेत शुक्रवार पनि उनले सेवाग्राहीसंग बसेर उनीहरुको गुनासा सुन्दै काम गरे । अनि दैलेखबाट विदाई पनि भएका थिए ।

प्रजिअ भुसाल दैलेख आए लगत्तै सेवा लिन आएका नागरिकहरुलाई लक्षित गरेर नागरिक स्वास्थ्य परिक्षण कक्ष स्थापना गरे । सेवा लिन आएका नागरिकहरुले स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाएका थिए । त्यस्तै जिल्लाका विकास निर्माण रोकिएको र नयाँ योजनाहरु नभएको बेला जिल्लाका जनप्रतिनिधिहरु राखेर विकासका लागि सम्वाद कार्यक्रम समेत गरेका थिए । जसको जिल्लाभर प्रशंसा भएको थियो । स्थानीय, प्रदेश र संघबाट हुने गरेका कामहरु जिल्लामा नदोहोरियोस् भनेर अन्तर सरकार सरकारी निकाय समन्वयका कार्यक्रम समेत गरेका थिए ।

पेट्रोलियम अन्वेषण परियोजनाको मुअब्जा वितरण, सुरक्षा ब्यबस्थपन, सडक निर्माण र कर्णाली राजमार्गमा हेभि उपकरण ल्याउने कार्य, कर्णाली नदिमाथि अड्किएका खच्चरको शकुसल उद्दार, जिल्लामा सेवा प्रवाहलाइ सहज सरल र सेवाग्राही मैत्री बनाउन गरेको प्रयासदेखि नागरिक सहायता कक्ष, दलित सहायता कक्ष, स्तनपान कक्ष, सेवाग्राही विश्राम कक्ष, दलित सहायता कक्ष आदिको जिल्ला प्रशासन कार्यालयमा स्थापना गरेर जिल्लाबासीबाट प्रमुख जिल्ला अधिकारी भुसालले प्रशसा समेत पाएका थिए ।

सेवाग्राहीसंग बसेर दिएको सेवाका बारेमा सोधपुछ गर्ने र कार्यालयबाट भएका कमजोरीहरु निर्धक्क आफुहरुलाई भन्नका लागि प्रमुख जिल्ला अधिकारी भुसाल सरले सोध्ने गरेको सेवाग्राही दलबहादुर केसीले बताए । उनले भने, ‘दैलेखमा सेवाग्राहीमैत्री सिडिओसाप उहाँमा पाए ।’