☰ open Loading... 22 October 2024|  

दैलेख सहुलियत मूल्यमा चामल बिक्री सुरु
यामराज बिष्ट   | ८ आश्विन २०८१, मंगलवार ०९:०२

दैलेख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको छ ।कम्पनीले सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले असोज ७ देखि सहुलियतको चामल बेच्न लागेको हो ।

चाडपर्वका अवसरमा खाद्यले हरेक प्रकारको चामलमा प्रतिकिलो पाँच रुपैयाँ सहुलियत दिएको छ। किलोमा पाँच रुपैयाँ छुटसहित अरुवा मोटो चामल प्रतिकिलो ५९रुपैयाँ, अरुवा मध्यम चामल प्रतिकिलो ६१ रुपैयाँ र सोना मन्सुली चामल प्रतिकिलो ६१ रुपैयाँ स्टिम जिरा मसिनो चामल९१रुपैयाका दरले बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख रविन कुमार रेग्मीले बताए ।

कम्पनीले २५किलोको स्टिम जिरा मसिनो चामल प्रतिबोरा २ हजार २ सय ७५ रुपैयाँमा चामल बिक्री भइरहेको छ । त्यस्तै अरुवा मध्यम चामल १ हजार ५ सय २५रुपैयाँमा बिक्री भइरहेको छ भने अरुवा मोटो चामल १ हजार४ सय ७५सोना मन्सुली १हजार५ सय २५रुपैयाँमा बिक्री रुपैयाँमा बिक्री भइरहेको छ ।

छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको दैलेख प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।
खाद्य संस्थानले छुटको चामल दिएपछि ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न समुदायलाई ठुलो राहत मिलेको स्थानीय बताउँछन् ।