☰ open Loading... 22 October 2024|  

जापानमा भूकम्प, सुनामीको चेतावनी
पश्चिम नेपाल   | ८ आश्विन २०८१, मंगलवार १३:२०

जापानको राजधानी टोकियोको दक्षिणी क्षेत्रमा भूकम्प गएको छ। जापानी मौसम विज्ञान विभागका अनुसार सुदूर आइसल्यान्डमा मङ्गलवार बिहान ५ बजे ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ।

विभागले भूकम्प पछि सुनामीको चेतावनी पनि जारी गरेको छ। जापानको ओगासावारा द्विपमा ३.३ इन्चको सुनामीको चेतावनी जारी गरिएको हो।

जापान ४ प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा रहेकाले त्यहाँ प्रत्येक वर्ष एक हजारदेखि १५ सय भूकम्प महसु गरिन्छ।

गत महिना मात्रै जापानको क्यूशु र शिकोकु द्विपमा ७ रेक्टरस्केलको भूकम्प गएको थियो।