☰ open Loading... 22 October 2024|  

सुर्खेतका सबै पानी उद्योगमा कैफियत (अशुद्ध)
पश्चिम नेपाल   | ११ आश्विन २०८१, शुक्रबार ०८:१७

सुर्खेतको वीरेन्द्रनगरमा ७ वटा प्रशोधित पिउने पानी उद्योग छन् । ती सबै उद्योगमा कैफियत देखिएको छ । बर्खाको समयमा पिउने पानीको माध्यबाट सङ्क्रामक रोग फैलन सक्ने जोखिम हुन्छ । तर प्रशोधित पानी उद्योगमै जनस्वास्थ्यको ख्याल नगरी उत्पादन तथा बिक्री हुने गरेको बराल बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिका–१२ को औद्योगिक क्षेत्रमा रहेको मध्यपश्चिम वाटर एण्ड वेभेरेज प्रालि विरुद्ध दुषित खानेपानी बिक्री वितरण गरेको भन्दै मुद्दासमेत दायर भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

उक्त उद्योगमा युभी मेसिनले कामै नगरेको, प्रयोगशाला परीक्षण, उपकरण मर्मत सर्भिसको व्यवस्थित रेकर्ड नै भेटिएको छैन ।

वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको कर्णाली प्रदेश वाटर एण्ड वेभरेज इन्डष्ट्रिजले अन्य उद्योगका जार प्रयोग गर्ने, लेबलमा अद्यावधिक (नयाँ) अनुज्ञापनपत्र उल्लेख नै नगरी पानी बिक्री वितरण गर्ने गरेको छ । सोही वडामा रहेको तिला कर्णाली पानी प्रशोधन उद्योगले पानीका बोतल तथा जारमा प्याकिङ गर्नुअघि युभीविनै प्रशोधन गर्ने गरेको पाइएको छ । युभी भनेको अल्टा भ्यावाइलेट लाइट हो, जसले पानीमा रहेका हानिकारक जीवाणु मार्दछ ।

बरालका अनुसार केही पानी उद्योगबाहेक धेरैले तिलाको जस्तै बोतल तथा जार भर्नुभन्दा पहिला युभी प्रयोग गर्ने गरेको देखिँदैन । वडा नम्बर ३ मा रहेको जयश्री प्रशोधित पिउने पानी उद्योगले पनि युभी मेसिनविनै पानी बेच्ने गरेको छ । साथै बोतल भर्ने मेसिनहरू मर्मत नगरेको पनि अनुगमनका क्रममा पाइएको बरालले बताए ।

अनुगमनका क्रममा देखिएका त्रुटि तत्काल सुधार गर्न निर्देशन दिइएको उनले बताए ।