☰ open Loading... 22 October 2024|  

भारतको बिहारमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु
पश्चिम नेपाल   | ११ आश्विन २०८१, शुक्रबार ०८:५६

भारतको बिहार राज्यमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ३७ जना बालबालिका रहेका छन्।

बिहारको विपद् व्यवस्थापन विभागका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए।

राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए। त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दू चाड जितिया पर्व मनाइरहेका थिए। अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन्।

जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ।

बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन्।