☰ open Loading... 22 October 2024|  

आइतबारसम्मै देशभर वर्षा
पश्चिम नेपाल   | १२ आश्विन २०८१, शनिबार ०८:३८

शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । कोशी, वाग्मती र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा धेरै भारी र अति भारी वर्षासमेत भएको छ । विभागले १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षाका रूपमा लिने गरेको छ । १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र त्यसभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ ।