☰ open Loading... 22 October 2024|  

पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ घट्यो
पश्चिम नेपाल   | १४ आश्विन २०८१, सोमबार २१:०१

अहिले चर्चामा
#राष्ट्रिय स्वतन्त्र पार्टी
#प्रवासीको पत्र
#एमाले
wlink-single-world-link
अर्थ
पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ घट्यो

नागरिक काठमाडौँ १४ आश्विन २०८१ १ मिनेट पाठ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य घटाएको छ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले कमी गरिएको छ।

हवाई इन्धनमा भने आन्तरिक उडानतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्य उडानतर्फ प्रति किलो लिटर ४५ रुपैयाँले मूल्य घटाइएको छ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ। इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ।

साथै, आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।