☰ open Loading... 22 October 2024|  

पारिश्रमिक नदिदाँ राकममै रोकिए कलाकार, साउण्ड सिस्टम र घेरबारको पैसा नदिदाँ उजुरी
गणेश बहादुर शाही, राकम कर्णाली दैलेख   | १६ आश्विन २०८१, बुधबार १४:२६

दैलेखको राकम कर्णालीमा भएको प्रथम राकम कर्णाली कृषि, पर्यटन, ब्यापार तथा बृहत सांगितिक महोत्सव २०८१ मा आएको कलाकारहरु पारिश्रमिक नपाउँदा रोकिएका छन् । उद्घोषक, गायक÷गायिका र डान्सरसहित ७ जना राकममै पारिश्रमिक नपाउँदा रोकिएका हुन् ।

आयोजकले उनीहरुको पारिश्रमिक नदिदाँ दुई दिनदेखि राकममै बसेका छन् । त्यस्तै राउण्ड सिस्टमको ४ लाख ५० हजार र महोत्वस स्थल घेरवारको लागि दिईएको चेक पनि नसाटिएको भन्दै ईलाका प्रहरी कार्यालय राकम उजुरी परेको छ । आयोजकलाई प्रहरीले बोलाएर छलफल गरिरहेको छ ।

आयोजक आठबीस नगर उद्योग वाणिज्य संघ र राकम कर्णाली ¥याफ्टिङ्ग फर्मको संयूक्त आयोजनामा ठेकेदार कम्पनीले महोत्सव चलाएको थियो । राउण्ड सिस्टम र घेरवारको चेक नसाटिएपछि ईप्रका राकममा उजुरी गरेको लक्ष्मी भटराईले बताए । महोत्सव असोज ६ गतेदेखि १५ गतेसम्म चलेको थियो ।

पछिल्लो समय स्थानीय संघसस्थालाई आयोजक बनाएर पैसा कमाउने होडमा ठेकेदारहरुले महोत्सव चलाउने परिपाटी चलेको छ । राकम कर्णालीमा पनि ठेकेदारले स्थानीय उद्योग बाणिज्य संघलाई आयोजक बनाएर महोत्सव चलाएको थियो ।