☰ open Loading... 22 October 2024|  

माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु
पश्चिम नेपाल   | १६ आश्विन २०८१, बुधबार १९:४८

हुम्लामा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षिय धुव्र शाही र सोही ठाउँकी २४ वर्षीया मनसुरा शाही रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घरभन्दा आधा घण्टाको दुरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरुको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए।

उनका अनुसार उनीहरुसँगै गएका अर्का स्थानीय लालबहादुर शाही भने सामान्य घाइते भएका छन्।

बुधवार बिहान ८ बजेतिर दसैँका लागि भन्दै कमेरो माटो खन्नका लागि उनीहरु सियाणली खेला गएका थिए।

घाइते भएका लालबहादुरको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने मृतक दुबैजनाको शव पोष्टमार्टमका लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको प्रहरी निरीक्षक सुवेदीले बताए।