☰ open Loading... 22 October 2024|  

वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने
यामराज बिष्ट   | १७ आश्विन २०८१, बिहीबार ०५:१९



दैलेख । नारायण नगरपालिका -११मा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा दीपावलीको अवसरमा राइली त्रिपानी युवा क्लबको आयोजनामा आगामी असोज २१ र २२गते वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने भएकाले नारायण नगरपालिका ११ भित्रका खेलाडीले सहभागिता जनाउन सक्नेगरी तयारी गरेको व्यबस्थापक माधब बिष्टले बताए ।


प्रतियोगिताको विजेताले नगद १२हजार कप, पदक प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद ८हजारसहित पदक प्राप्त गर्नेछन् ।

त्यस्तै तेस्रो हुनेले नगद ५ हजार हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले एक हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको अनुशासित खेलाडीले१हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।