☰ open Loading... 22 October 2024|  

दशैंतिहारमा कर्णालीभर ४ हजार ३५१ प्रहरी परिचालन हुने
पश्चिम नेपाल   | १७ आश्विन २०८१, बिहीबार ०९:१८

कर्णालीमा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना २०८१’ तयार गरेको हो ।

दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएका प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले बताए ।

चाडपर्व सुरक्षा योजना कार्यान्वयन गर्न÷गराउनका लागि प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट चार हजार ३५१ जना प्रहरीहरू परिचालन गरिएको छ । ती प्रहरीहरूलाई एक हजार ३२९ वटा ड्युटीमा खटाइएको हो ।

खटाइएका प्रहरीमध्ये चार हजार ९९ जना जनपद प्रहरी रहेका छन् भने २५२ जना ट्राफिक प्रहरी रहेका छन् ।