☰ open Loading... 22 October 2024|  

नारायण नगरपालिकामा सामाजिक परिचालकलाई कार्यालय सहयोगीमा झारियो
पश्चिम नेपाल   | १७ आश्विन २०८१, बिहीबार १३:३१

दैलेखको नारायण नगरपालिकामा काम गर्दै आएका ११ वडाका ११ जना सामाजिक परिचालकलाई कार्यालय सहयोगीका रुपमा तलवभत्ता खुवाईने भएको छ । सामाजिक परिचालकका रुपमा खटिएर तलवभत्ता खाएका कर्मचारीलाई महालेखाले प्रश्न उठाएपछि कार्यपालिका बैंठकबाट नहटाएर कार्यालय सहयोगीको रुपमा तलवभत्ता खुवाउने निर्णय गरेको हो ।

सामाजिक परिचालक राख्न नपाउने प्रावधानका कारण कार्यपालिका बैंठकबाट कार्यालय सहयोगीमा बस्न चहनेहरुका लागि निवेदन दिएर जागीर खान चाहनेका लागि बाटो खुल्ला गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले बताए ।
नारायण नगरमा रहेका ११ जना सामाजिक परिचालक कर्मचारी र नेताकै पावरमा नियूक्ती पाएका थिए ।

त्यस्तै यसअघि प्राविधिक तर्फ पंशुपक्षी विकास शाखा र कृषि शाखामा ज्यालादारीमा काम गरिरहेका ३ जनाको म्याद साउनदेखि नथपिएकाले उक्त पदका लागि विज्ञापन निकाल्ने निर्णय भएको उनले बताए । तिन जनाको म्याद नथप्नका लागि नारायण नगर पालिकाका उपप्रमुख तप्ता कुमारी थापाले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई भदौं ५ गते निवेदन नै पेश गरेकी थिईन् ।