☰ open Loading... 22 October 2024|  

एभरेस्ट महिला भलिबल लिग: ललितपुरलाई हराउँदै कर्णालीले जित्यो उपाधि
पश्चिम नेपाल   | १९ आश्विन २०८१, शनिबार २२:४५

कर्णाली यसभिएसले एभरेस्ट महिला भलिबल लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ को प्रतिस्पर्धामा पराजित गर्दै विजयी बन्यो।

कर्णाली यसभिएसले जारी लिगमा अपराजित यात्रा गर्दै उपाधि जितेको हो। पहिलो दुई सेटमा २५-१७ र २५-२० ले जित हात पारेपछि उपाधिको ढोका खोलिसकेको कर्णालीलाई ललितपुरले तेस्राे र चौथो सेटमा २५-१९ र २५-२२ ले हराएर खेलमा फर्कने प्रयास गर्‍यो। तर अन्तिम पाँचौँ सेटमा कर्णालीले १५-१३ को कडा प्रतिस्पर्धामा बाजी मार्दै उपाधि चुम्न सफल भयो।

लिगमा सहभागी ६ टोलीले राउन्ड रोबिन लिगका आधारमा एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए। अन्ततः शीर्ष दुई टोली कर्णाली र ललितपुर फाइनलमा प्रवेश गरेका थिए।