☰ open Loading... 22 October 2024|  

श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ
पश्चिम नेपाल   | २१ आश्विन २०८१, सोमबार १८:४९

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ६० वर्षीय जीतबहादुर भन्ने काले तामाङ छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो ।

उनले १९ वैशाख २०८१ मा दक्षिणकाी नगरपालिका–६ मा आफ्नी श्रीमती डोल्मा शेर्पाको हत्या गरेको आरोप छ ।

शेर्पा आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उनले कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोप छ । श्रीमतीको हत्यापछि उनी फरार हुँदै आएका थिए ।