☰ open Loading... 22 October 2024|  

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
पश्चिम नेपाल   | २१ आश्विन २०८१, सोमबार २२:०४

काठमाडौंबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी-५ द्धारेखोलामा सोमबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश ०१–००६ ख ६७८५ नं रोयल भोजपुर यात्रुवाहक बसमा ४० भन्दा बढी यात्रुहरू रहेका थिए ।

घाइतेहरूको मरिण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार सुरु भएको छ भने कतिपयलाई सिन्धुली अस्पतालमा लगिँदै छ ।

धेरै यात्रुहरु घाइते भएकाले यकिन विवरण आइनसकेको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।