☰ open Loading... 22 October 2024|  

कर्णालीका ४ सयभन्दा बढी उद्योग खारेज
पश्चिम नेपाल   | २२ आश्विन २०८१, मंगलवार ०८:४०

कर्णालीका ४ सयभन्दा बढी उद्योग खारेज भएका छन् । कर्णालीका १० जिल्लाका ४ सय १० वटा उद्योग खारेज भएको कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयले जनाएको हो । गत आर्थिक वर्षमा ४ सय १० वटा उद्योगहरू खारेज गरिएको थियो ।