पश्चिम नेपाल   | २२ आश्विन २०८१, मंगलवार १३:४३
  सोमवार राती दैलेखमा एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा हाईस दुर्घटना भएको हो । दुर्घटनामा  चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ घर भएका २२ वर्षका प्रकाश बुढाको मृत्यु भएको छ ।  साईट लगाउँदा च्यापिएर मृत्यु भएको थियो । उपचारका क्रममा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको एसएमएल गाडी सोमबार राति ९ बजेतिर दुर्घटना भएको थियो ।  गाडीमा २३ जना यात्री रहेका थिए । सवै यात्रुहरु सकुशल रहेको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले बताए ।
