☰ open Loading... 22 October 2024|  

कर्णाली राजमार्गमा गाडी दुर्घटना, १५ यात्रु घाइते
पश्चिम नेपाल   | २३ आश्विन २०८१, बुधबार १०:२३

कर्णाली राजमार्णमा फोर्स गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर भएको दैलेख प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा दैलेखको आठबीस नगरपालिका-४ का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका-१२ की ५० वर्षीया पार्वती शाही र सोही नगरपालिका-८ की ४ वर्षीया नेहा खड्का रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले बताए ।

कैलालीबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१००१ख३०४६ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका-२ तल्लो डुङ्गेश्वरमा मंगलबार साँझ दुर्घटना भएको हो ।

गाडी भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा २१ यात्रु सवार थिए ।