☰ open Loading... 22 October 2024|  

खेलाडीको सम्झनामा स्मृतिमा भलिबल प्रतियोगिता
पश्चिम नेपाल, संवाददाता   | २३ आश्विन २०८१, बुधबार २०:२८

भलिबल खेलाडी अमर सुनारको सम्झनामा नारायण नगरपालिका -११ राइली त्रिपानी युवा क्लबको आयोजनामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिबल प्रतियोगितामा नारायणनगर पालिका -११ वडाभित्रका ६ वटा टिम दर्ता भयका थिए । प्रतियोगितामा प्रथम काँडा (वि) द्वितीय टाटामाखु (ए) तृतीय काँडा (ए) रहेका थिए । उत्कृष्ट खेलाडीमा रोसन शाही, अनुसासन तर्फ जिबन बिष्ट पुरुस्कृत भएका थिए ।
भलिबल प्रतियोगिताको पुरुस्कार राशी प्रथम १५ हजार, द्वितीय
११ हजार, तृतीय ७ हजार रहेको थियो ।
स्वर्गीय पुर्ब भलिबल खेलाडी अमर सुनारको सम्झनामा भएको खुल्ला भलिबल प्रतियोगितामा बोल्दै खेलाडी हिजो दिनमा सङै यो मैदानमा भलिबल खेल्दाका साथी गुमाए छौ दुख लागेको छ आज उहाँ नहुदा केही अपुग भएको महसुस गरेको खेलाडी अर्जुन बिष्टले प्रतिक्रिया दिए।
कार्यक्रममा हिजोका दिन अमर जसरी गाउँदेखि जिल्लामा भलिबल खेलको माध्यमबाट यो गाउँलाई नै चिनारी राखेको खेलाडी हामीले गुमाउदा सारै दुख लागेको स्थानियहरुले बताए ।

पुर्ब भलिबल अमर सुनारको सम्झनामा भएको भलिबल प्रतियोगितामा अमर सुनारका पिता धर्म बहादुर सुनारलाई मायाको चिनो बाट सम्मान गरिएको थियो ।