☰ open Loading... 22 October 2024|  

रोड कोरिडोरमा रणनीतिक अस्पताल बनाउने तयारी
पश्चिम नेपाल   | २५ आश्विन २०८१, शुक्रबार १०:५४

कर्णाली प्रदेश सरकारले ८ लाख नागरिकलाई नियमित स्वास्थ्य सेवा दिने उद्देश्यले रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माणको अवधारण अघि सारेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेकारणनीतिक अस्पताल कर्णालीका मुख्य राजमार्ग कर्णाली राजमार्ग, कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र अन्य सहायक सडकमार्गनजिक निर्माण हुनेछन् ।

कर्णालीका यी रोड कोरिडोरमा रणनीतिक अस्पताल निर्माण भएको खण्डमा ८ लाखभन्दा बढी जनसंख्यालाई नियमित सेवा दिन सक्ने मन्त्रालयको विश्वास छ ।