☰ open Loading... 22 October 2024|  

दैलेखमा मिनीबस दुर्घटना हुँदा १ जनाको मृत्यु, २जना घाइते
पश्चिम नेपाल   | २५ आश्विन २०८१, शुक्रबार १२:५१

दैलेखमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दैलेखको गुराँस गाउँपालिका -४ डबलगैरामा मिनीबस दुर्घटना दुर्घटनामा हो । दुर्घटनामा२ जना घाइते भएका छन् ।


दैलेखको दुल्लु नगरपालिकबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२००१ख०८२५ नम्बरको मिनीबस गुराँस गाउँपालिका -४ डबलगैरामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको हो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका- १३ का महेन्द्र शाही रहेका छन् । दुर्घटनामा घाइते हुनेमा सोही वडाका विनोदबहादुर शाही र सविन शाही रहेका छन् । मिनीबस मुख्य सडकबाट दुई सय मिटिर तल खसेको छ । घाइतेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि  प्रदेश अस्पताल सुर्खेत पठाएको छ ।