☰ open Loading... 4 March 2025|  

विजया दशमीको मुख्य दिन आज टीका, उत्तम साइत ११ बजेर ३६ मिनेट
पश्चिम नेपाल   | २६ आश्विन २०८१, शनिबार ०८:०६

बडा दसैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ। नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको जनाएको छ। सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने समितिले जनाएको छ।

देवी विर्सजनको साइत भने बिहान ८ः३३ बजे रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्दा उत्तम हुनेछ। ​चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने अधिकारीले बताए।