☰ open Loading... 22 October 2024|  

मोटरसाईकलको ठक्करबाट मृत्यु
पश्चिम नेपाल   | २७ आश्विन २०८१, आईतवार १९:२७

कोहलपुर नगरपालिका-९ कौशिल्या हस्पिटल अगाडि कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे.११ प ६९७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका सल्यानी टोल बस्ने ६७ वर्षीय रूद्र बहादुर घर्ती मगरको मृत्यु भएको हो ।

शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।