☰ open Loading... 31 January 2025|  

सिमकोटमा तीन दिनपछि हवाई उडान पुनः सुरु
पश्चिम नेपाल   | २८ आश्विन २०८१, सोमबार १८:३२

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन।

तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए।

सोमवार नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए। दुवै एयरलाइन्सले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए।