☰ open Loading... 24 October 2024|  

गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
पश्चिम नेपाल   | २९ आश्विन २०८१, मंगलवार ०९:४९

सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-८ का ५० वर्षका महेश पौडेल रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सोमबार साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । उनका अनुसार दुर्घटनालगत्तै पौडेललाई प्रदेश अस्पताल पुर्‍याइएको थियो ।

उनलाई ८ बजेतिर अस्पतालले मृत घोषणा गरेको हो । तीव्रगतिमा रहेको मोइरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।