☰ open Loading... 24 February 2025|  

किशोरी बेचबिखन गरेको आरोपमा २४ वर्षपछि पक्राउ
पश्चिम नेपाल   | ३० आश्विन २०८१, बुधबार १५:२९

२४ वर्षअघि किशोरीलाई भारतमा बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुर्खेत चौकुले गाउँपालिका ७ बस्ने ६१ वर्षीय भक्तबहादुर विष्टलाई इलाका प्रहरी कार्यालय सुर्खेतले २४ वर्षपछि पक्राउ गरेको हो।

२०५७ असोज १ गते विवाहको प्रलोभन देखाएर भारतको गोरखपुरमा भारतीय नागरिकलाई १५ हजार रुपैँयामा चौकुनेकै २१ वर्षकी लालमयाँ कँडेल (नाम परिवर्तन) लाई बिक्री गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

२०५८ कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०५७/०५८ मा मुद्दा दर्ता नम्बर ३१ दर्ता भएको थियो। २४ वर्षदेखि फरार रहेका भक्तबहादुर विष्टलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रकृया अघि बढाइएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले बताए।