☰ open Loading... 22 October 2024|  

एसपी बोहोरा सर्वोत्कृष्ट कार्यालय प्रमुखबाट सम्मान
पश्चिम नेपाल   | ३० आश्विन २०८१, बुधबार १६:५०

२०८१ मा प्रदेश स्तरीय ट्राफिक कार्यालयहरुमध्ये नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत प्रथम भई सर्वोत्कृष्ट प्रदेश ट्राफिक कार्यालय प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहरा सम्मानित भएका छन् । ६९ औं प्रहरी दिवशको अवसरमा एसपी बोहोरालाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा अर्वोत्कृष्ट प्रदेश ट्राफिक कार्यालय प्रमुखका रुपमा सम्मान गरिएको हो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख बोहोरालाई प्रंशसा पत्रसहित सम्मान गरेका छन् ।

नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन २०८१ मा उत्कृष्ट प्रहरी कर्मचारी छनौट मापदण्ड, २०८० बमोजिम अन्तर प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू मध्येबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहोरा उत्कृष्ट प्रहरी कर्मचारी छनौट गरि पुरस्कार वितरण समाहरोहमा सम्मान गरिएको हो ।

एसपी बोहोरा कर्णाली प्रदेश आएलगत्तै कर्णालीमा लामो समयदेखि कुशलता पूर्वक सवारी चलाउनेहरुलाई सम्मानदेखि चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिवद्धता कार्यक्रम समेत गरेका थिए ।