☰ open Loading... 28 September 2025|  

सुनको मूल्य तोलामा ६ सयले बढ्यो
पश्चिम नेपाल   | १ कार्तिक २०८१, बिहीबार १४:१५

बजारमा आज सुनको मूल्य तोलामा ६ सयले बढेर नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज तोलामा एक लाख ६२ हजार चार सय निर्धारण भएको छ। यसअघि बुधवार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन एक लाख ६१ हजार आठ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा भने आज कुनै परिवर्तन भएको छैन।

चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ।