☰ open Loading... 24 February 2025|  

नुहाउने क्रममा डुबेर मृत्यु
पश्चिम नेपाल   | १ कार्तिक २०८१, बिहीबार १७:३३

जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेरका अज्ञात पुरुषको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। उनको पहिचान खुलिसकेको छैन।

घटनाको खबर पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

हाल मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। उनको परिवारको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ।