☰ open Loading... 28 September 2025|  

८ वर्षीया बालिकामाथि बलात्कार
पश्चिम नेपाल   | १ कार्तिक २०८१, बिहीबार १७:३८

दाङमा ८ वर्षीया बालिकामाथि बलात्कार भएको छ।

असोज २४ गते बेलुकी देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा बालिकामाथि बलात्कार भएको हो।

पीडित परिवारले यसबारे प्रहरीलाई घटना पछि नै मौखिक जानकारी गराएका थिए। यद्यपि जाहेरी भने बुधबार मात्रै पाएको थियो।

बुधबार जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए।

बालिकाकी हजुरबुवाले प्रहरी कहाँ जाहेरी दिएका थिए।

भालुवाङमा पिङ खेल्न भनेर जाँदा अपरिचित व्यक्तिले बलात्‍कार गरेको जाहेरीमा उल्लेख छ।