☰ open Loading... 24 February 2025|  

फेरि ह्वात्तै बढ्याे सुनकाे भाउ
पश्चिम नेपाल   | २ कार्तिक २०८१, शुक्रबार १४:१८

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो।

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजार रूपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय रूपैयाँनिर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने एक हजार नौ सय ८० रूपैयाँ निर्धारण भएको छ।