☰ open Loading... 22 October 2024|  

उमेर
प्रकाश पण्डित   | ३ कार्तिक २०८१, शनिबार १५:२८

तन युवा भएपनि,
मन बुढो हुनसक्छ !
तन बुढो भएपनि,
मन युवा हुनसक्छ !
दुःखी त
बच्चा, युवा, बुढो सबै हुन्छन् !
रोगी त
बच्चा, युवा, बुढो सबै हुन्छन् !
औषधि त
बच्चा, युवा, बुढो सबैले खान्छन् !
दॅात त
बच्चाको पनि झर्छ
बुढाको पनि झर्छ !
डर
बच्चा, युवा, बुढो सबैलाई लाग्छ !
लोभ, क्रोध, ईर्ष्या र माया
बच्चा, युवा, बुढो सबैमा हुन्छ !
हडबडाउन
युवा पनि हडबडाउंछ
बुढो पनि हडबडाउंछ !
लडखडाउन
युवा पनि लडखडाउंछ
बुढो पनि लडखडाउंछ !
आंट र साहस
युवामाभन्दा बुढोमा बढी हुनपनि सक्छ !
कोही ३५,४० मै बुढो देखिन्छ
कोही ७५,८० सम्म जवान देखिन्छ !
काल
बच्चालाई नी आउंछ
युवालाई नी आउंछ
बुढोलाई नी आउंछ !
युवा हुंदैमा धेरै बांच्ने
बुढो हुंदैमा छिटो मर्ने
र बच्चा हुंदैमा अजम्बरी हुने हुंदैन !
त्यसैले उमेर धेरै भयो भनेर आत्तिन हुंदैन
जवान छु भनेर मात्तिन हुंदैन !
उमेर त
केवल संख्याको खेल न हो !